images
images
  • मंगलबार देशभर थपिए २ हजार ६३४ नयाँ संक्रमि , १५ जनाको मृत्यु

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा एक हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १,५६५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images