images
images
  • ललितपुर महानगरका प्रमुख महर्जनलाई ‘एक्सिलेन्स अर्बान गभर्नेन्स अवार्ड’ प्रदान

    काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई सिजन मिडियाको १७औँ वार्षिकोत्सवमा ‘एक्सिलेन्स अर्बान गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ ।

    आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै ललितपुरलाई बस्नयोग्य र सम्पदामैत्री सहर बनाएको योगदान स्वरूप पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई अवार्ड प्रदान गरेका हुन् ।

    दुई कार्यकाल नगरप्रमुख रहिसकेका महर्जनले साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन, निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र विस्तारजस्ता जनमैत्री कार्यक्रम अघि बढाउँदै दिगो विकास र सम्पदा संरक्षणमा जोड दिँदै आएका छन् ।

    सोही कार्यक्रममा बालकृष्ण श्रेष्ठ, राजेन्द्र मल्ल, डा. बसन्त पन्त, ज्योत्स्ना श्रेष्ठ, मनोज ज्ञवाली, सुसन कर्माचार्य, सन्तोष प्रसाईं, मिलनबहादुर मल्ल, शिवानी थापा बस्न्यात, सुशील अर्याल, कमला गिरी, शेरबहादुर बिसी, डिल्लीराम पङ्गेनी, शिव परियारसहित विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि सम्मानित भए ।

    चीन, कम्बोडिया, बङ्गलादेश, मलेसिया, भुटान र थाइल्यान्डका प्रतिनिधिहरूलाई समेत विभिन्न श्रेणीमा अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images