काठमाडौं– भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको इन्डिगो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ओभरसुट भएको छ ।
मंगलबार दिउँसो २ बजेर ९ मिनेटमा अवतरण तालिका भए पनि (फ्लाइट नम्बर ६ ११५७) ले ‘मिस्ड अप्रोच’ गर्नुपरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।
उनका अनुसार विमान निर्धारित समयमा काठमाडौं आइसकेको भए पनि अवतरण प्रक्रिया पूरा गर्न नसकेर उपत्यकाको आकाशमै घुम्न बाध्य भएको हो ।
‘मौसम र प्राविधिक कारणले यो सामान्य प्रक्रिया भएको जनाएको छ ।
यसअघि दिल्ली, बैंकक र दुबईबाट आएका विमान भने निर्धारित समयमा अवतरण गरिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्























