images
images
  • एमाले ऐन महरविरुद्ध फेरि मुद्दा दर्ता

    काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले एमालेका नेता ऐन महरविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरिएको हो ।

    महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार मुद्दा दर्ता गरिएको छ ।

    अब अदालतले प्रतिवादी महरलाई हाजिर गराइसकेपछि थुनामा पठाउने, धरौटीमा छोड्ने वा हाजिर जमानीमा राख्ने निर्णय गर्नुपर्नेछ ।

    यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदौ ११ गते हाजिरी जमानीमा छोडेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images