त्रिवेणी (रुकुम पश्चिम)– रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, छिङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
आइतबार (भदौ १५) बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।
उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् ।
हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए ।
उनका अनुसार, मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो । –रासस
प्रतिक्रिया दिनुहोस्























