काठमाडौं– युक्रेनका पूर्वसंसद् अध्यक्ष तथा नेता एन्ड्री पारुबीको हत्या गरिएको छ ।
लभिभ सहरमा गोली हानेर उनको हत्या गरिएको युक्रेनी अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ ।
पश्चिमी युक्रेनको लभिभमा शनिबार दिउँसो गोली चलेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
ई–बाइकमा आएका एक आक्रमणकारीले पारुबीमाथि धेरै गोली प्रहार गरी फरार भएका प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।
५४ वर्षीय पारुबी सन् २०१४ मा भएको आन्दोलनका क्रममा एक प्रमुख नेताका रूपमा उदाएका थिए ।
उक्त आन्दोलनले युरोपेली संघसँग निकट सम्बन्धको वकालत गरेको थियो ।
त्यसपछि नै रुस समर्थक तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो घटनालाई निर्मम हत्या भन्दै शोक व्यक्त गरेका छन् ।
उनले पारुबीको परिवार र समर्थकप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
हालसम्म यो हमलाको पछाडि को थिए भन्ने स्पष्ट भइसकेको छैन ।


विश्व खबर 




















