काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शांघाइ सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेकै दिन राष्ट्रपति सी चिनफिङसँग थियानमिन स्टेट गेष्ट हाउसमा भेटवार्ता गरेका छन् ।
त्यसपछि प्रतिनिधिमण्डलस्तरीय छलफल भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले तीन मुख्य विषय उठाएका थिए ।
भारत–चीनबीच लिपुलेक मार्ग हुँदै भएको व्यापार सहमतिप्रति नेपालको आपत्ति, अवरुद्ध भएका नेपाल–चीन नाका छिटो खोल्न सहयोग, बिआरआई परियोजनालाई तीव्र गतिमा अघि बढाउन आग्रह गरेका छन् ।
यसको जवाफमा राष्ट्रपति सीले पाँच बुँदा राखेका थिए ।
लिपुलेकमा नेपालको अडानप्रति असहमति नरहेको तर भारत–नेपाल छलफलबाट निष्कर्ष खोज्ने चाहना, अवरुद्ध नाका खोल्ने प्रतिबद्धता, सीमा व्यापारलाई संस्थागत गर्न संयन्त्र बनाउने र नेपाललाई भूपरिवेष्ठित होइन, ‘ल्याण्ड लिंक्ड’ राष्ट्रको रूपमा विकास गर्ने चाहना औद्योगिक तथा कृषिजन्य उत्पादन निर्यातमा चीनको सहयोग, सूचना प्रविधि र एआइ क्षेत्रमा सहकार्य गर्ने आश्वासन दिएका छन् ।
छलफलमा दुवै पक्षले आर्थिक तथा विकास साझेदारीलाई अझै प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।


विश्व खबर 




















