images
images
  • नेकपा विभाजन हुनुमा प्रचण्ड दोषी रहेको जनार्दन शर्माको आरोप

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीकै कारण भएको आरोप लगाए ।

    बुटवलमा सहिद बेपत्ता स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।

    उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनपछि नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । नेकपाको बहुमतको सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेका थियो ।

    उपमहासचिव शर्माले पार्टी माओवादी पार्टी पुनर्संरचनाका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको समेत बताएका थिए । माओवादी पुनर्गठन हुन नसकेमा गम्भीर संकट निम्तिने पनि उनको तर्क थियो ।

    अध्यक्ष दाहालले विराटनगरमा पुगेर जनार्दनमाथि गम्भीर आरोप लगाए । उनले पार्टीभित्र स्वार्थ समूह सक्रिय बन्दै गएको र शर्माले नपत्याउँदैमा माओवादी आन्दोलन नरोकिने दावी गरे ।

    अध्यक्ष दाहालको अभिव्यक्ति पछि त्यसको जवाफ बुटवलबाट फर्काउँदै उपमहासचिव शर्माले आक्रोश व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images