images
images
  • एमाले नेता महरलाई सामान्य सोधपुछ, रास्वपा पाँडेलाई २० हजार धरौटीमा रिहा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गरेको आदेशबारे साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिएका हुन् ।

    विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँडे बुधबार साइबर ब्युरोमा उपस्थित भएका थिए ।

    बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको र शुक्रबार बिहान मुद्दा दायर भएपछि सुनुवाइमा पेशी चढेको थियो ।

    पाँडे विरुद्ध एक महिलाले जिमेलमार्फत गालीगलौज गरेको भन्दै साउन १२ गते साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।

    भदौ ५ गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

    पाँडे र एमाले केन्द्रीय सदस्य ऐन महरको मुद्दा एउटै प्रकृति थियो ।

    तर, महरलाई पक्राउ गरेको केही घण्टामै एक रुपैयाँ नलिएर प्रहरीले छोडेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images