काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् ।
चीन भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम तय छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने सम्भावना भए पनि हालसम्म सुनिश्चित छैन ।
परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार भारतीय पक्षको व्यस्त सेड्युलका कारण भेट सुनिश्चित छैन, सम्भवतः चीन पुगेर तालिका तय हुनेछ ।
अमेरिका र थाइल्याण्ड भ्रमणका क्रममा पनि दुवै प्रधानमन्त्रीबीच आकस्मिक भेट भएको इतिहास रहेको छ ।
अहिलेसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओस र कम्बोडियाका प्रमुखहरूसँग साइडलाइन भेट तय भइसकेको छ ।
प्रधानमन्त्री ओलीको मुख्य उद्देश्य तियानमेनमा हुने शाङ्घाइ शिखर सम्मेलनमा सहभागी हुनु हो ।
त्यसपछि भदौ १७ गते बेइजिङमा जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवादविरुद्धको विजयको ८०औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
उनी भदौ १८ गते नेपाल फर्कनेछन् ।























