काठमाडौं– सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार खापुङको नियुक्ति १९ गतेदेखि लागू हुनेछ ।
हालका आईजीपी दिपक थापा १८ गते राति १२ बजेदेखि अवकाशमा जानेछन् ।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख हुन् ।
उनी आफ्नो ब्याचका एकल प्रतिस्पर्धी बनेका छन् ।
यसअघि सोही ब्याचका अन्य वरिष्ठ अधिकारीहरू लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल उमेरहद वा सेवा अवधि पूरा भएपछि अवकाशमा गइसकेका वा जाने क्रममा छन् ।
उनको कार्यकालमा नयाँ प्रहरी ऐन लागू भएमा सेवाको अवधि ६ महिनासम्म थपिन सक्छ, नभए उनी पनि ३० वर्षे सेवा अवधिपछि अनिवार्य अवकाशमा जानेछन् ।
प्रतिक्रिया दिनुहोस्























