images
images
  • चिनियाँ सैन्य परेडमा ओली देखिए जापान रुष्ट हुने सम्भावना

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली १५–१६ भदौमा चीनको तियान्जिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् र त्यसपछि १८ भदौमा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको विजयको ८०औं वार्षिकोत्सव सैन्य परेडमा समेत सहभागी हुने तय भएको छ ।

    ओलीको यो निर्णयले नेपालको ठूलो विकास साझेदार जापानले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कूटनीतिक चासो उत्पन्न गरेको छ ।

    जापानले पश्चिमी र एसियाली नेताहरूलाई चीनको “जापान विरोधी कार्यक्रम”मा सहभागी नहुन अनौपचारिक सन्देश पठाएको खबर आएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार, सुरुमै राष्ट्रपति रामचन्द्र पौडेललाई चीनमा पठाउने योजना थियो तर जापानसँगको सम्बन्ध र २०७९ मंसिरमा उनलाई प्राप्त अर्डर अफ द राइजिङ सन सम्मानको कारण उनले भ्रमण नगर्ने निर्णय गरे। त्यसपछि प्रधानमन्त्री ओली नै जान तयार भए ।

    एससीओ सम्मेलनमा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् र १७ भदौमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    त्यसपछि १८ भदौमा बेइजिङमा हुने सैन्य परेडमा सहभागी हुनेछन् ।

    परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका किम जोङ–उन, टर्की, इन्डोनेशिया, मलेसिया, भियतनामका नेताहरू समेत उपस्थित रहनेछन् ।

    चीनले यस अवसरमा नयाँ हतियार, लडाकु विमान, ट्याङ्क र एन्टी–ड्रोन प्रणाली प्रदर्शन गर्ने तयारी गरेको छ ।

    प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा शिक्षा–पर्यटन मन्त्री, कांग्रेस उपसभापति, सांसद् र अन्य उच्च अधिकारीहरू रहेका छन् ।

    भ्रमणपछि ओली भारत जाने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images