images
images
  • सभामुख घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूबीच छलफल

    काठमाडौं– सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

    बिहीबार सिंहदरबारमा सभामुख घिमिरेसहित नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बिना लामा छलफलमा छन् ।

    प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डरबारे छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

    त्यसअघि क्यालेन्डरबारे छलफल भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images