डडेल्धुरा– नवदुर्गा गाउँपालिका–५ चौडमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान ठाडा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप करिब ५ सय मिटर तल खस्दा घटनास्थलमै चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।
उनका अनुसार मृतकको सनाखत भइसकेको छैन भने दुर्घटनाको कारण पनि खुल्न बाँकी छ ।
जिप बिहान करिब सवा नौ बजेतिर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























