हुम्ला– बुधबार दिउँसो १ बजे हुम्ला सदरमुकाम सिमकोटमा लु.प्र–०१–००१ ज ०२८२ नम्बरको जिप ब्रेक फेल भई सिमकोट–५ का पदम रावतको घरभित्र ठोक्किएको छ ।
जिप सिमकोटबाट तल्लो गाउँतर्फ जाँदै गर्दा ब्रेक फेल भई घरमा ठोक्किएको हो ।
दुर्घटनामा चालक तिलक ऐडी घाइते भएका छन् ।
उनका आँखा र माथिल्लो ओठमा सामान्य चोट लागेको छ र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिपमा अन्य व्यक्ति थिएनन् ।
ठोक्किँदा घरको माथिल्लो तलाको एक कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
ढोका र एकतर्फको भित्ता भत्किएको प्रहरी निरीक्षक जङगबहादुर सिंहले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























