images
images
  • पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको उखु किसानहरूको आन्दोलनलाई समर्थन

    काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले देखाएको लापरबाही स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

    माइतीघरमा जारी उखु किसानको आन्दोलनमा समर्थन जनाउँदै उनले किसानको जायज माग तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरे ।

    अध्यक्ष नेपालले किसानको न्यायपूर्ण आन्दोलन केवल उखु किसानसम्म सीमित नभई देशको सम्पूर्ण अर्थतन्त्रसँग सम्बन्धित रहेको उल्लेख गरे ।

    उनले रोजगारी सिर्जना, युवाको विदेश पलायन रोकथाम र उद्योगधन्दा प्रवर्द्धनलाई सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

    पूर्वप्रधानमन्त्री नेपालले आफ्नो कार्यकालमा सुरु गरिएको चुरे संरक्षण कार्यक्रमको स्मरण गर्दै तराईमा सिँचाइयोग्य जमिन विस्तार र कृषिलाई आधुनिकीकरण गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

    अनावश्यक भवन निर्माणमा अरबौँ खर्च गर्नुको साटो किसानलाई अनुदान उपलब्ध गराई उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    त्यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई पनि ऎक्यवद्धता जनाउन माइतीघर पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images