काठमाडौं- ‘सन्तोष राजावादी’ भनेर चिनिने सन्तोषकुमार सिलवाललाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ ।
गोरखापत्र दैनिक जलाउन खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
तीजबारे अनावश्यक प्रचार गरेको भन्दै उनले गोरखापत्रप्रति आक्रोश प्रकट गरेका थिए ।
आजैको गोरखापत्र दैनिकमा ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
यसअघि, १५ चैतमा पनि उनले तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरी पछि छाडेको थियो ।
प्रतिक्रिया दिनुहोस्























