काठमाडौं- क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा अमेरिकन नागरिक डेनियल एस. कोर्नीलाई ललितपुरबाट अध्यागमन विभागले पक्राउ गरेको छ ।
भिजिट भिसामा नेपाल बसिरहेका कोर्नीले पहिले पर्यटन, त्यसपछि व्यापार र अध्ययन भिसामा प्रवेश गरी विश्वभाषा क्याम्पसमा अध्ययन समेत गरेका थिए ।
ललितपुर–१८ भैंसेपाटीमा उनले ४ तले घर भाडामा लिएर बालगृह सञ्चालन गर्दै बालबालिकाहरूलाई धर्म प्रचारमा संलग्न गराएको पाइएपछि पक्राउ गरिएको विभागका निर्देशक टीकाराम ढकालले जानकारी दिए ।
उनका समूहले आर्थिक कमजोर बच्चाहरूलाई ल्याएर क्रिश्चियन धर्म पढाउने गरेको भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्























