images
images
  • पशुपतिमा गर्मी कम गर्न पहिलोपटक कृत्रिम वर्षा

    काठमाडौं- तीज पर्वमा अरू वर्षझैँ यसपटक पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड देखिएको छ ।

    बिहानैदेखि महिलाहरू लामो लाइनसहित पूजाआराधनामा सहभागी भइरहेका छन् ।

    भक्तजनलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष विशेष सुविधा उपलब्ध गराएको छ ।

    सोही क्रममा पहिलोपटक गर्मी कम गर्न मन्दिरको पश्चिम ढोकामा ‘कृत्रिम वाटर ड्रपलेट’ सञ्चालन गरिएको हो ।

    वाष्पीकरणमार्फत पानीका स–साना थोपा हावामा छर्किएको छ, जसले आसपासको वातावरण चिसो बनाएको छ ।

    कोषका अनुसार अहिले परीक्षणका रूपमा गरिएको यो व्यवस्था प्रभावकारी ठहरे अन्य समयमा पनि निरन्तर प्रयोग गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images