images
images
  • कांग्रेस पदाधिकारी बैठक स्थगित, अब कहिले बस्छ ?

    काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच आज देउवा निवासमा बस्ने भनिएको बैठक स्थगित भएको छ ।

    सभापति शेरबहादुर देउवाले राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद, रुपन्देही–३ को उपनिर्वाचनलगायत एजेन्डामा छलफल गर्न उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका थिए ।

    तर, मुख्य सचिव कृष्णप्रसाद पौडेलले फोनमार्फत बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

    अर्को बैठकबारे भने अहिलेसम्म तय गरिएको छैन ।

    रामहरि खतिवडाले राजीनामा दिएपछि सुशासन समिति सभापति पद रिक्त रहँदै आएको छ ।

    कानुनअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने भएकाले सभामुख देवराज घिमिरे कांग्रेसको नाम सिफारिसको प्रतीक्षामा छन् ।

    यसैबीच, रुपन्देही–३ उपनिर्वाचनबारे हालसम्म औपचारिक छलफल भएको छैन ।

    महामन्त्री शर्मा क्षेत्रीय अवस्थाबारे शीर्ष नेतृत्वलाई ब्रिफिङ गर्ने तयारीमा छन् ।

    तर, आकांक्षीहरुको नाम सिफारिसका लागि केन्द्रले तल्लो तहलाई अझै परिपत्र गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images