images
images
  • १६ करोड भ्रष्टाचार आरोपी निर्देशक पौडेललाई १ लाख रुपैयाँ धरौटीमा रिहा, १५ करोड ९ लाख फाइदा

    काठमाडौं– राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई पौने १६ करोड रुपैयाँ भ्रष्टाचार आरोपमा अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

    विशेष अदालतका इजलासले पौडेलको बयान र थुनछेक बहसपछि यो फैसला सुनाएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २७ गते पौडेलसहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारको अनुसन्धानअनुसार, केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा गुणस्तरहीन सामग्री आपूर्ति गरिएर राज्यलाई १५ करोड ८८ लाख रुपैयाँभन्दा बढी क्षति पु¥याइएको थियो ।

    बोलपत्रमा २.४ गिगाहर्ज क्षमताको प्रोसेसर मागिएकोमा आपूर्तिकर्ता कम्पनीले २.१ गिगाहर्जको प्रोसेसर जडान गरेको पाइएको थियो ।

    जसले कार्यसम्पादन क्षमता करिब १४.२८ प्रतिशत घटाएको अख्तियारले जनाएको छ ।

    अख्तियारले पौडेलसहितका अन्य कर्मचारी र आपूर्तिकर्ता कम्पनीलाई बिगो रकम फिर्ता गर्ने र भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images