images
images
  • वैदेशिक रोजगारीका लागि जहाजमा गएका २ हजार ८५६ जना बाकसमा फर्किए

    काठमाडौं– वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीहरूको संख्या झन् डरावह बन्दै गएको छ ।

    परिवारलाई सुख–सुविधा दिने सपना बोकेर विदेशिने धेरै नेपालीहरू अन्ततः बाकसमा फर्किन बाध्य हुने क्रम रोकिएको छैन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार साउन महिनामात्रै १७४ जना नेपालीको शव विदेशबाट नेपाल ल्याइएको छ ।

    औसतमा दैनिक ४ देखि ५ जनाको शव विमानमार्फत ल्याइने गरेको तथ्यांकले देखाउँछ ।

    तीमध्ये धेरैजसो कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया र कतारजस्ता श्रम गन्तव्य मुलुकबाट आएका हुन् ।

    वैदेशिक रोजगार बोर्डको विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै १,२५५ जना नेपाली कामदारले विदेशमै ज्यान गुमाएका थिए ।

    यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र मृत्यु भएपछि बोर्डमार्फत आर्थिक सहायता प्राप्त गरेका परिवारको तथ्यांक हो ।

    यस्तै, प्रहरीको मुचुल्का र सम्बन्धित परिवारलाई बुझाइएको विवरण हेर्दा सोही अवधिमा १,४०१ जना नेपाली विदेशमै निधन भएका छन् ।

    अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने यो संख्या अझ बढी अर्थात् १,४५५ पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images