काठमाडौं– भारत–चीनबीच लिपुलेक नाकाबाट व्यापार गर्ने सहमतिप्रति समाजवादी मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।
शुक्रबार जारी विज्ञप्तिमा मोर्चाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंग भएको ऐतिहासिक र कानुनी प्रमाणले पुष्टि गर्ने उल्लेख गर्दै सो क्षेत्रमा भारतको अतिक्रमणमा नेपाल सरकार कमजोर भएको आरोप लगाएको छ ।
मोर्चाले नेपाल सरकारलाई आक्रोशपूर्ण शब्दमा सचेत गराउँदै सहमतिप्रति घोर विरोध प्रकट गरेको छ ।
साथै, सम्बन्धित देशहरूसँग कूटनीतिक पहल गरेर भू–भाग फिर्ता ल्याउन र सहमतिको विरोधमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्























