images
images
  • हामी भारतको पक्षमा छौँ : चीन

    काठमाडौं– चीनले भारतमाथि अमेरिकी ट्यारिफको विरोध गरेको छ ।

    चीनका राजदूत शू फेइहोङले अमेरिकाले लामो समय स्वतन्त्र व्यापारबाट लाभ उठाउँदै आएको तर अहिले विभिन्न देशमाथि दबाब सिर्जना गर्न ट्यारिफ प्रयोग गरिरहेको बताए ।

    उनले भने, ‘अमेरिकाले भारतमा ५० प्रतिशतसम्म ट्यारिफ लगाएको छ र यसलाई बढाउने धम्की पनि दिइरहेको छ । चीन यसप्रति कडा विरोध गर्दछ ।’

    शू फेइहोङले चीन भारतको पक्षमा दृढ रहने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्ने बताएका छन् ।

    उनले दुवै देशलाई रणनीतिक विश्वास बढाउन र अविश्वासबाट बच्न आह्वान गर्दै भारत–चीन मित्रता एसिया र विश्वका लागि फाइदाजनक हुने बताए ।

    यस टिप्पणीको आधार प्रधानमन्त्री मोदीको नयाँ दिल्लीमा चिनियाँ विदेश मन्त्री वाङ यी भेटपश्चात भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images