काठमाडौं– रूपन्देहीमा करिब पौने दुई करोड मूल्यको अवैध इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी बिटको संयुक्त टोलीले लु.२ च ६३०३ नम्बरको पिकअप जीप चेकजाँच गर्दा अवैध सामान फेला पारेको हो ।
पिकअप चलाउने ३० वर्षीय नारायण अग्रहरी बनियाँ भरियामात्र रहेका थिए र सामानको मालिक पत्ता लाग्न सकेको छैन ।
बरामद सामानमा विभिन्न कम्पनीका ५८६१ भेप, २७ कार्टुन फ्लेवर, इलेक्ट्रिक मिक्सचर, प्याकेजिङ मेसिन र प्लाष्टिक सामग्रीहरू समावेश छन् ।
जसको मूल्य करिब १ करोड ७१ लाख २५ हजार रुपैयाँ छ ।
गाडी र चालक राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएका छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्