गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका ४३ वर्षीय रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् ।
सोमबार बिजुलीको बिल तिर्न निस्किएका उनी सोही दिनदेखि सम्पर्कविहीन थिए ।
बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोभन्दा करिब १५० मिटर तल बुट्यानमा उनको शव भेटिएको गोरखा प्रहरीका डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
शव भेटिएपछि आफन्तलाई खबर गर्न जाँदै गरेका स्थानीय हिसे दोर्जे पनि भीरबाट लडेर ज्यान गुमाएका छन् ।
प्रहरी निरीक्षक सरोज कार्की नेतृत्वको टोली थप अनुसन्धानका लागि घटनास्थलतर्फ खटिएको र त्यहाँ पुग्न सदरमुकामबाट करिब दुई दिन लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























