काठमाडौं– दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
बिहीबार बिहान जिल्लाको नौगाड गाउँपालिका– ४ होपरीमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसमेत रहेका सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार होपरीबाट होपरीगाडतर्फ गइरहेको सु.प.प्र. ०४००१ ज ०१०३ नम्बरको जिप दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्























