images
images
  • ५ बुँदे मागसहित निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनको घोषणा

    काठमाडौं– विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० को अन्तिम छलफलअवधिमा निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

    बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुवै पक्षले पाँच बुँदे माग प्रस्तुत गर्दै आन्दोलनको तयारी सार्वजनिक गरे ।

    मागमा ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउने, विद्यालयले उत्पादन नगर्ने पोसाक, स्टेशनरी, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्ने, कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई ‘गैर

    नाफामूलक’ बनाउने, छात्रवृत्ति वितरण अधिकार र ४५ प्रतिशत आरक्षणसम्बन्धी प्रावधान हटाउने समावेश छन् ।

    भदौ ५ गते माइतीघर–नयाँबानेश्वर ¥याली, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा र चक्रपथ वरिपरि कालो झन्डासहित ¥याली गर्ने कार्यक्रम तय गरिएको छ ।

    भदौ ८ गते निर्णायक आन्दोलन सुरु गरिने पनि घोषणा गरिएको छ ।

    संस्थाले संवाद र सहकार्य चाहेको भन्दै माग नपुरा भए कडा आन्दोलनको चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images