images
images
  • दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि हातपात

    काठमाडौं– दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार उनका सरकारी निवासमा आक्रमण भएको छ ।

    उनी साप्ताहिक ‘जनसुनुवाइ’ कार्यक्रममा सर्वसाधारणको गुनासो सुन्दै गर्दा ४१ वर्षीय राजेश भाइ नामका व्यक्तिले उनलाई कपाल समातेर तानेर थप्पड हान्ने प्रयास गरेका थिए ।

    सुरक्षाकर्मीले आक्रमणकारीलाई तुरुन्तै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

    धकेलाधकेलका क्रममा मुख्यमन्त्री लडेकी थिइन् र टाउकोमा चोट लागेको थियो ।

    उनलाई अस्पतालमा चेकजाँच गरिएको छ र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूले पनि आक्रमणकारीले पत्र दिन्छु भनी अपशब्द प्रयोग गर्दै थप्पड हानेको बताएका छन् ।

    घटना कमजोर सुरक्षा व्यवस्थाका कारण भएको अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images