काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक तयारी बैठकमा जुट्दैछ ।
बैठक सुरु हुनु एक घण्टा अगाडि छलफल बस्ने जानकारी उपसभापति डोलप्रसाद अर्यालले दिएका छन् ।
अर्यालका अनुसार रास्वपाले प्रत्येक दिन संसद् बैठकअघि आन्तरिक छलफल गर्ने प्रथानुसार आज पनि बैठक बोलाइएको हो ।
सो छलफलमार्फत् दिनभर संसद्मा पार्टीको भूमिकाबारे निर्णय गर्ने, कुन विषयमा को–को बोल्ने भन्ने तय गर्ने र त्यसपछि मात्र बैठकमा सहभागी हुने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























