images
images
  • भण्डारीको कार्यक्रममा नजान एमालेको चेतावनी

    काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विराटनगर भ्रमणमा एमाले विराटनगर कमिटीले सहभागी नहुन सूचना जारी गरेको छ ।

    नगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत कुनै पनि पार्टी कार्यक्रम निर्धारण नभएको भन्दै उपस्थित नहुन आग्रह गरेका छन् ।

    भण्डारी सोमबार विराटनगर पुगेकी थिइन्, जहाँ उनी स्थानीय उद्घोष पत्रिकाको वार्षिक उत्सवमा सहभागी भइसकेकी थिइन् ।

    त्यस्तै, भण्डारीले पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने सूचना प्रकाशित भएपछि बस्नेतले त्यसलाई गलत भन्दै स्पष्ट पारेका हुन् ।

    भण्डारीसँग निकट रहेका विनोद ढकालको विराटनगर र मोरङ कमिटीमा प्रभाव छ ।

    उनी प्रदेश कमिटी अध्यक्षमा पराजित भएका थिए ।

    भण्डारीको भ्रमण पहिले पनि ढकालकै संयोजनमा भएको थियो ।

    ६ साउनमा एमालेले उनलाई सदस्यता नदिने निर्णय गरेपछि कार्यकर्ता पक्ष र विपक्षमा विभाजित भएका छन् ।

    सोमबार पनि प्रदेश सांसद र स्थानीय नेता–कार्यकर्ताहरू विमानस्थलमा भण्डारीलाई स्वागत गर्न पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images