images
images
  • प्रहरीले प्रहरीलाई नै पक्राउ गर्यो

    काठमाडौं– जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी निरीक्षक दिनेश गुरुङलाई पक्राउ गरी थुनामा राखेको छ ।

    गुरुङविरुद्ध उनकी पूर्वपत्नीको जाहेरीमा आधारित जबरजस्ती करणी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

    प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार परिसरका एसपी चक्रराज जोशीको टोलीले थुनामा राखेको हो ।

    थुनामा परुअघि गुरुङले फेसबुकमा आफू पूर्वपत्नीबाट पीडित भएको दाबी गरेका थिए ।

    उनले उल्लेख गरेअनुसार, पूर्वपत्नीसँगै बस्ने छोरीलाई भेट्न गएका बेला उनलाई अभद्र व्यवहार सामना गर्नु परेको थियो र प्रतिकार गर्नुपरेको थियो ।

    त्यसैगरी, उनले आफ्नो कार्यस्थलमा आएर पूर्वपत्नीले डीएसपी र दुईजना इन्स्पेक्टरसमक्ष समेत हातपात गरेको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images