काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
पालबहादुर घलानको घरमा परेको चट्याङले किरियामा सघाउन आएका दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो ४:२० बजेको समयमा परेको चट्याङ लागेर १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ती–११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका हुन् ।
घाइतेहरूलाई उद्धार गरी मनहरी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























