images
images
  • सत्तारूढ कांग्रेस–एमाले उपसभामुखलाई हटाउन बारम्बार महाभियोगको चर्चा चलाउँछन् किन ?

    काठमाडौं– एमाले र कांग्रेसले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी थालेका छन् ।

    उनीहरूले साढे दुई वर्षअघि रानाले लेखेको पत्रलाई आधार मान्दै संविधानको धारा ९१ (६)(ग) अनुसार कारबाही अघि बढाउने योजना बनाएका छन् ।

    उपसभामुख रानाले २०२३ फेब्रुअरीमा न्यूयोर्कमा आयोजित ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा सहभागी हुने र भिसा अन्तर्वार्ता मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

    तर, पत्रमा उल्लेखित व्यक्तिहरूको सहभागिता पुष्टि नभएकोले दूतावासले अन्तर्वार्ता समय दिएको थिएन ।

    यस विषयले रानालाई विवादमा तान्यो ।

    सत्ता पक्षको अर्को कारण रानाको संवैधानिक परिषद्को सदस्य हुनु पनि हो ।

    रास्वपा सांसद र विपक्षी दलसँग सम्बन्धित भएकाले उनी परिषद्को समीकरणमा सत्ता पक्षका लागि चुनौती बनेकी छन् ।

    सत्ता गठबन्धन संवैधानिक परिषद्मा बहुमत नभएको कारण उपसभामुख हटाएर आफ्नो पक्षीय बनाउने तयारीमा छ ।

    केही संवैधानिक निकायमा रिक्त पदमा सिफारिस गर्न बहुमत आवश्यक भएकोले यो कदम उठाइएको नेता स्रोतले बताए ।

    वर्तमानमा कांग्रेस–एमालेका सांसदहरूले रानाविरुद्ध प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images