images
images
  • रवि लामिछानेको स्वास्थ्यमा समस्या

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

    उपसभापति डिपी अर्यालले सोमबार नख्खु कारागारमै पुगेर लामिछानेलाई भेटेपछि यस्तो जानकारी दिएका हुन् ।

    कारागार स्रोतका अनुसार उनलाई जन्डिस (कमलपित्त) को आशंका गरिएको छ ।

    त्यसका लागि रगतको नमूना वीर अस्पतालमा परीक्षण गर्न पठाइएको छ ।

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु कारागार ल्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images