images
images
  • दुर्गा प्रसाईंद्वारा लिङ्देन र थापा नेतृत्वको राप्रपाको काउन्टरमा नयाँ दल खोल्ने घोषणा

    काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।

    डिल्लीबजार कारागारबाट दुई साताअघि मात्र मुक्त भएका उनले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ दल बनाउने निर्णय सार्वजनिक गरेका हुन् ।

    अभियानका क्रममा अवरोध र नियन्त्रणको सामना गर्नुपरेपछि आफू राजनीतिमा प्रवेश गर्न बाध्य भएको उनले बताए ।

    ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो प्राथमिकता नेपाल र नेपाली हुन् । बिग्रिएको राजनीति सुधार्न राजनीतिक दलको आवश्यकता देखेँ,’ प्रसाईंले भने ।

    राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापाको राप्रपा नेपालको काउन्टरमा उनले छिट्टै नयाँ दलको नाम घोषणा गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images