images
images
  • मन्त्रिपरिषद् पुनर्गठनको कोर्ष कोल्याप, प्रधानमन्त्री ओली फेरिए मन्त्रीहरू फेरबदल हुने

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई प्रभावकारी बनाउन मन्त्री फेरबदल गर्ने चर्चा केही समय ताते पनि तत्कालका लागि सम्भावना टरेको छ ।

    गत वर्ष मन्त्री नियुक्त गर्दा ओलीले ‘एक वर्ष प्रभावकारी काम गर्नुपर्छ’ भनेका थिए ।

    त्यसैलाई आधार मानेर हाल मन्त्री फेरबदल हुने हल्ला चलेको हो ।

    तर, साउन २९ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता भएपछि कांग्रेसले तत्काल फेरबदल असम्भव भएको जनाएको छ ।

    सभापति शेरबहादुर देउवाले आफ्नी पत्नी तथा परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई हटाउन नमानेपछि अन्य मन्त्री पनि यथावत राखिएको बुझाइ छ ।

    कांग्रेस नेताहरूका अनुसार ‘केही फेर्ने, केही राख्ने’ अभ्यासले योग्यतामा प्रश्न उठ्ने भएकाले सबै वा कसैलाई पनि नफेर्ने निष्कर्ष निकालिएको हो ।

    सत्तापक्षीय नेताहरूले पनि ओलीले भनेको ‘एक वर्ष’लाई गलत बुझिएको जिकिर गर्दै तत्काल फेरबदल एजेन्डा नभएको स्पष्ट पारेका छन् ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत औपचारिक बैठकमा मन्त्री फेर्ने कुरा कहिल्यै प्रवेश नभएको बताए ।

    यद्यपि, हालसम्म एमालेका दुई मन्त्री राजीनामा गरिसकेका छन् भने कांग्रेसका एक राज्यमन्त्री फेरेका छन् ।

    भूमिव्यवस्था मन्त्री बलराम अधिकारी र गृहमन्त्री लेखकविरुद्ध विपक्षीले प्रश्न उठाए पनि सरकारले कार्यसम्पादन सम्झौता गर्दै निरन्तरता दिएको छ ।

    गृहमन्त्रीमाथि छानबिनका लागि बनेको सरकारी समिति रास्वपाले अस्वीकार गरेको छ भने देउवालाई सत्ता हस्तान्तरण हुने असारमा मात्र सबै मन्त्री फेरिने अनुमान कांग्रेसभित्रै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images