काठमाडौं– काठमाडौंको बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटना बूढानीलकण्ठ नगरपालिका– ७, स्पेसलचोकमा आइतबार राति पौने २ बजे भएको हो ।
बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल ठोकिएका थिए ।
दुर्घटनामा परेर सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय एक पुरुषको मृत्य भएको प्रहरी प्रभाग बूढानीलकण्ठले जनाएको छ ।
उनीहरूलाई शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परेर गोरखा आरुपोखरी घर भई बूढानीलकण्ठ– ८ भंगाल बस्ने २४ वर्षीय एरिक परियारसहित परिचय नखुलेका दुई जना घाइते भएका छन् ।
उनीहरूको अवस्था गम्भिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्























