काठमाडौं– आइतबार चोभारबाट पक्राउ परेका राजेन्द्रबहादुर गोर्खाली नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।
सिन्धुपाल्चोक–२ बाट सर्वाधिक मत ल्याएर महासमिति सदस्यमा विजयी भएका उनी जिल्ला राजनीतिमा मोहनबहादुर बस्नेत विरोधी समूहमा सक्रिय छन् ।
२०७८ को १४औं महाधिवेशनअघि काठमाडौंबाट सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता सारेका गोर्खालीले केन्द्रमा भने सभापति शेरबहादुर देउवालाई आफ्नो नेता मान्ने गरेका छन् ।
उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको सिफारिस सूचीमा दोस्रो नम्बरमा परेका थिए ।
गोर्खालीलाई १० करोडको चेक बाउन्स प्रकरणमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको हो ।
कांग्रेस–एमाले नेतृत्वको सरकारमा देउवा कमजोर हुँदा उनका नेता–कार्यकर्ता धमाधम पक्राउ परिरहेको बताइन्छ ।
प्रहरीका अनुसार जिल्ला अदालतको आदेशपछि थानकोट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं–७ मा बस्दै आएका ५५ वर्षीय गोर्खाली यसअघि पनि २०७४ र २०७५ मा पक्राउ परेका थिए ।























