काठमाडौं– रोल्पामा जंगली च्याउ सेवन गर्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर बिरामी छन् ।
मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेका छन् ।
रोल्पाका वली दम्पतीले २७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी सेवन गरेपछि उनीहरू बिरामी भएका थिए ।
प्रारम्भिक उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही ल्याइएको थियो ।
अस्पतालले उपचारको क्रममा नर्मला वलीको मृत्यु भएको जनाएको छ ।
८१ वर्षीय श्रीमान् भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्























