काठमाडौं– पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको शवको हड्डी किनबेच गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।
यसअघि साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बिक्री गरेको आरोपमा शव जलाउने कार्यमा संलग्न काभ्रेकै गणेशप्रसाद ढकाल र विनायक मैनाली पक्राउ परेका थिए ।
काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराका अनुसार ठाकुर र यादवलाई क्रमशः कपन र गोसीघाटबाट पक्राउ गरिएको हो ।
ठाकुरको साथबाट हड्डीको धुलो र खरानी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि गौशाला प्रहरीले अभद्र व्यवहार तथा अर्काको धार्मिक आस्थामा हानी पुग्ने कार्य गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























