images
images
  • भण्डारीको साथ छाडेर ओली क्याम्प छिरेका सञ्चारमन्त्री सुब्बाको मन्त्रीपद सुरक्षित

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै एमालेका मन्त्रीहरूको संरचना फेरबदल गर्ने तयारी थालेका छन् ।

    कांग्रेसका मन्त्री तत्काल परिवर्तन नसकिने भएकाले ओलीले एमाले, जसपा र लोसपाका मन्त्रीहरूमा ध्यान केन्द्रित गरेका छन् ।

    एमालेतर्फ अर्थमन्त्री विष्णु पौडेल, सञ्चार मन्त्री पृथ्वी सुव्वा गुरुङ, सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा मन्त्री रघुजी पन्त निरन्तर रहने छन् ।

    उद्योगमन्त्री दामोदर भण्डारी, रक्षामन्त्री मानवीर राई र सहकारी मन्त्री बलराम अधिकारी फेरबदल हुने तयारी छ ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ ।

    उनको सक्रियतासँगै विद्या पक्षका सांसदलाई ओलीले मन्त्री नियुक्त नगर्ने स्रोत बताउँछ ।

    ओली प्रधानमन्त्री रहँदासम्म सञ्चारमन्त्री सुब्बा रहनेछन् ।

    उनले मन्त्रीपद जोगाउनकै लागि विद्याको साथ त्यागिसकेका छनथ् ।

    लोसपाबाट श्रम मन्त्री शरदसिंह भण्डारीको स्थानमा सवेन्द्रनाथ शुक्ला र जसपाबाट डा.वीरेन्द्र महतो र मञ्जु झालाई नियुक्त गर्ने योजना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images