काठमाडौं– सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ ।
साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले यस मार्ग प्रयोग गर्दा कार र भ्यानका लागि काठमाडौं आउँदा ६५ रुपैयाँ र फर्किँदा ६० रुपैयाँ दस्तुर तोकेको छ ।
मिनी बस र ट्रकका लागि काठमाडौं आउँदा ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ, बस तथा ठूला ट्रकका लागि आउँदा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ दस्तुर लाग्ने जानकारी सूचना तथा सञ्चार
प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिएका छन् ।
भारी उपकरणका लागि काठमाडौं आउँदा ६०० रुपैयाँ र फर्कँदा २५० रुपैयाँ दस्तुर लाग्ने उनले बताए ।
सुरुङमार्गमा मोटरसाइकल प्रयोग गर्न भने अनुमति छैन ।
यस सुरुङमार्गको भौतिक प्रगति हाल ९३ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्























