काठमाडौं– गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार साउन १५ मा साम्बाला होटलबाट पक्राउ परेका उनीसहितका १९ जनालाई धरौटीमा छाडिने भएको हो ।
गुन्डागर्दी गरेको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गर्दै १ वर्ष कैद र १० हजार जरिवानाको सजाय माग गरेका थिए ।
वकिलसँगको बयानमा उनले आफू एमाले सदस्य, पार्टी अध्यक्ष केपी शर्मा ओलीको झोले हुँ भनेका थिए ।
अदालतले गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा र अन्य ९ जनालाई जनही १०–३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्























