काठमाडौं– धनुषामा लागुऔषध कारोबारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ मा छापामारी गर्दै पप्पु साह नामक पुरुष र एक महिलालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पप्पु साहको दाहिने खुट्टामा गोली लागेको छ ।
उनलाई पक्राउ गर्ने क्रममा ब्युरोका इन्स्पेक्टर रोकश यादव र वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























