images
images
  • शत्रुलाई गलाउन निपुन पुटिन, ट्रम्पलाई फसाएर युक्रेनी भूमि रुसमा गाभ्ने रणनीति

    काठमाडौं– २०१८ मा फिनल्यान्डको हेलसिंकीमा भएको भेटपछि डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलनमा २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेपबारे अमेरिकी गुप्तचर निकायको निष्कर्षलाई खारेज गर्दै पुटिनको पक्ष लिएका थिए ।

    उक्त क्षणमा ट्रम्पकी रुस मामिला सल्लाहकार फियोना हिल यति आत्तिएकी थिइन् कि बेहोस भएको नाटक गरेर कार्यक्रम रोक्ने सोचसम्म पुगेकी थिइन् ।

    सात वर्षपछि ट्रम्प र पुटिन फेरि भेट्न लागेका छन् ।

    यो भेट अलास्काको एंकोरेजस्थित ज्वाइन्ट बेस एल्मेनडोर्फ–रिचर्डसनमा शुक्रबार हुने बताइएको छ ।

    तर, बैठकमा ट्रम्पको साथमा रुस विज्ञ कोही नहुने भन्दै पश्चिमा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।

    दोस्रो कार्यकालमा ट्रम्पले नियुक्तिमा विज्ञताको सट्टा बफादारीलाई प्राथमिकता दिएका छन् ।

    रुस वार्ताको जिम्मा रियल स्टेट व्यवसायी स्टिभ विट्कोफलाई दिइएको छ, जो विदेश मामिलामा नयाँ हुन् ।

    पूर्व अमेरिकी राजदूत एरिक रुबिनका अनुसार ट्रम्पको टोलीमा रुस–युक्रेन बुझ्ने एक जना पनि छैनन् ।

    २५ वर्षदेखि सत्तामा रहेका पुटिनलाई विषयवस्तुमा बलियो पकड राख्ने र वार्तामा विपक्षीलाई कमजोर देखाउने नेताका रूपमा चिनिन्छ ।

    उनका पूर्व प्रतिद्वन्द्वीहरूले उनी छलकपट र वार्ताको एजेन्डा आफ्नो पक्षमा मोड्न सिपालु रहेको बताएका छन् ।

    यसपटक अमेरिकी राष्ट्रिय सुरक्षा परिषद र विदेश मन्त्रालय दुवैमा जनशक्ति कटौती भएको छ ।

    रुस–युक्रेन मामिला हेर्ने धेरै पद खाली छन् ।

    ट्रम्पले व्यक्तिगत सम्बन्ध र सहज ज्ञानका आधारमा कूटनीति गर्ने दाबी गर्दै आएका छन् ।

    तर, उनका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनका अनुसार ट्रम्प प्रायः तयारी नगरी वार्तामा सहभागी हुन्छन्, जस्तै २०१८ मा पुटिनसँगको भेटअघि ब्रिफिङ गर्न खोज्दा उनी फुटबल हेर्दै थिए । –एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images