images
images
  • सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदारको शव फेला

    काठमाडौं– सुनसरीको दुहबीमा नयाँ निर्माण भइरहेको घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव फेला परेको छ ।

    दुहबी नगरपालिका–४, शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको नयाँ घरमा बुधबार बिहान १० बजे दुहबी–२ का करिब ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव भेटिएको हो ।

    सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृतक तामाङ घर निर्माण गर्ने पेटी ठेकेदार थिए भने राई त्यहाँ कामदारका रूपमा काम गर्थे ।

    शव फेला परेको घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोली परिचालन गरिएको डीएसपी खतिवडाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images