काठमाडौं– सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी मंगलबार राति फरार भएका छन् ।
भाग्ने कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रुपक पौडेल खत्री हुन् ।
जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो र उनले पर्खाल नाघेर भागेका हुन् ।
सामूहिक बलात्कार प्रकरणमा संलग्न ठहर भएका खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैदको सजाय सुनाएको थियो ।
उनी २०८१ साउन २१ गतेदेखि झुम्का कारागारमा कैद भोगिरहेका थिए ।
घटनापछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























