काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार दिउँसो १ बजे निर्धारित बैठकमा प्रधानमन्त्री ओलीले विदेश भ्रमणलगायत समसामयिक विषयमा मन्तव्य दिनेछन् ।
हालै तुर्केमेनिस्तानको भ्रमण सम्पन्न गरेर फर्किएका प्रधानमन्त्री ओलीले आफ्नो विदेश यात्रा तथा हालका राजनीतिक र आर्थिक विषयबारे धारणा राख्ने तयारी गरेको बर्तौलाले बताए ।
प्रतिक्रिया दिनुहोस्























