images
images
  • नाउपा अध्यक्षमा रञ्जिता नै कायम, रेशमका बाबु लालवीरले १२ दिनमात्रै सम्हाले पार्टीको नेतृत्व

    काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठलाई नै मान्यता दिएको छ ।

    नाउपाको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरी आयोगमा दर्ता गराए पनि आयोगले त्यसलाई अस्वीकार गर्दै श्रेष्ठलाई नै आधिकारिक अध्यक्ष रहने निर्णय गरेको हो ।

    लालवीर रेशम चौधरीका बाबु, रञ्जिताका ससुराबा हुन् ।

    आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार आज सार्वजनिक गरिएको निर्णयमा राजनीतिक दलसम्बन्धी ऐन र नाउपाको विधानअनुसार उक्त राष्ट्रिय भेला वैधानिक नभएको ठहर गरिएको छ ।

    यसअघि, पार्टी संरक्षक रेशम चौधरी पक्षका बहुमत केन्द्रीय सदस्यहरूले बैठकमार्फत श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै साधारण सदस्यबाट समेत बर्खास्त गर्ने निर्णय गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images